नेपालमा थप १६७४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुग्यो

0

बुटवल,६ मंसिर ।
नेपालमा शनिबार थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ८ हजार १ सय ४४ नमुना परीक्षण गर्दा १ हजार ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म एक लाख ९३ हजार ३ सय २५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

शनिबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave A Reply

Your email address will not be published.