रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

0

बुटवल,६ मंसिर ।
रुपन्देहीमा शनिबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका–४ की ६५ वर्षीया महिला रहेकी छन् ।

उनको भैरहवास्थित भिम अस्पतालमा उपचारका क्रममा शनिबार दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।

गत कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.