लुम्बिनी प्रदेशका १४ सहकारीले पाए प्रोबेसन ब्राण्ड

0

बुटवल, ६ मंसिर ।
दिगो विकास र व्यावसायीकरणमा टेवा पुग्ने गरि लुम्बिनी प्रदेशका १४ सहकारी प्रोबेसन ब्राण्डबाट छनौटमा परेका छन ।

लुम्बिनी प्रदेशका १४ वटा सहकारीले पूर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेका हुन ।

नेपालस्तरको यो ब्राण्ड देशभरका १४ हजार बढी वचत तथा ऋण सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहकारीहरुलाई सहकारी विभाग र राष्ट्रिय सहकारी संघले हरेक वर्ष प्रदान गदैै आएको हो ।

यो ब्राण्डका लागि विभिन्न ५० वटा सूचक राखिएका छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण दुई सूचक रहेका छन ।

जसमध्ये सहकारीले लगानी गरेको ऋण ५ प्रतिशतभन्दा बढी भाका नाघेमा र संस्थागत कोष ५ प्रतिशतभन्दा कम भएका सहकारीले यो ब्रान्ड पाउँदैनन् । सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

लुम्बिनी प्रदेशबाट प्रोबेसन ब्राण्ड पाउने सहकारीहरुमा रुपन्देहीबाट देवदहको कोलिय, तिलोत्तमाको जनउत्थान र सामूहिक विकास तथा बुटवलको नमूना महिला विकास रहेका छन् ।

यस्तै प्युठानको फूलबारी, नवलपरासी पश्चिबाट लुम्बिनी, सयपत्री र हाम्रो सुपर सहकारी रहेका छन् । गुल्मीको लेकाली, दाङको महाप्रभु, बर्दियाको सिको र हाम्रो मध्यवर्ती राधाकृष्ण तथा कपिलवस्तुको सिनर्जी सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् ।

यसअघिसम्म सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा ब्राण्ड प्रदान गर्दै आएकोमा यस वर्ष राष्ट्रिय सहकारी संघले संघको २९ औं वार्षिक साधारण सभाका अवसरमा ब्राण्ड वितरण गरेको हो

Leave A Reply

Your email address will not be published.