२४ घण्टामा ९७ जनामा कोरोना संंक्रमण, ११४ जना डिस्चार्ज

काठमाण्डौ,७ फागुन ।
नेपालमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ६९ हजार ६ सय १९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या दुई हजार ६१ पुगेको छ ।

You might also like