नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक

काठमाण्डौं,८ फागुन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जनाएको हो ।
आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको भन्दै विज्ञप्तिमा । उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

You might also like