शाइन रेसुङ्गा बैंक मंगलबारदेखि १३ बर्षमा प्रवेश

केन्द्रीय कार्यालय पनि आफ्नै भवनमा स्थानान्तरण हुदै

बुटवल,१० फागुन ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंक लि.मंगलबारदेखि आफ्नै भवनबाट कारोवार सुरु गर्ने भएको छ ।

स्थापनाको १२ बर्ष पुरा गरी १३ बर्ष प्रवेशसँगै बैंकले फागुन ११ गते मंगलबारदेखि बुटवल–११ कालिकानगर स्थित आफ्नै भवनबाट कारोवार सुरु गर्नुकासाथै केन्द्रीय कार्यालयसमेत स्थानान्तरण गर्ने तयारी गरेको हो ।

१३ औं बर्ष प्रवेशको पुर्वसन्ध्यामा बैंकले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।

२०६५ साल फागुन ११ गते ६ करोड चुक्ता पूँजीबाट कारोवार सुरु गरेको बैंक मंगलबारदेखि बुटवलको कालिकानगरमा करिब २० करोडको लगानीमा निर्माण भएको आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न लागेको बैंकका अध्यक्ष थानेश्वर पौडेलले जानकारी दिनुभयो ।

स्थापना भएको १२ बर्षमै काठमाण्डौ बाहिर केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको एक मात्रै विकास बैंक बन्न सफल भएको भन्दै अध्यक्ष पौडेलले बैंकको लगानी तथा कारोबार मध्ये ९९.९९ प्रतिसत लुम्बिनी प्रदेशकै योगदान रहेको बताउनुभयो ।

चुक्ता पुँजी ३ अर्ब ४० करोड र जगेडा कोष ७२ करोड गरी कूल पुँजीकोष ४ अर्ब १२ करोड पुगेको बैंकको लुम्बिनी प्रदेशका १० जिल्ला सहित काठमाण्डौ,पोखरा,चितवन, धनगढी,महेन्द्रनगर ६८ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

You might also like