थप १२५ जनामा कोरोना संक्रमण, ९० जना डिस्चार्ज

काठमाण्डौ,१० फागुन ।
नेपालमा सोमबार थप एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७३ हजार पाँच सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ६९ हजार नौ सय ६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म दुई हजार ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अहिले नेपालमा एक हजार पाँच सय २९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४३ जनाको आईसीयू र ११ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like