नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार

काठमाडौं,१० फागुन ।
नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले नारायणहिटी अगाडि ’प्रतिगमन’लाई जुत्ता प्रहार गरेको छ ।

अनेरास्ववियुले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई प्रतिकात्मक रुपमा जुत्ता प्रहार गरेका हुन् । प्रतिगमनको प्रतीक बनाई विद्यार्थीले जुत्ता प्रहार गरेका थिए ।

कार्यक्रममा उपस्थित विद्यार्थीले प्रधानमन्त्रीविरुद्ध नराबाजी पनि गरेका थिए ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा अ‍ेलीको कदमलाई प्रतिगमन भन्दै चणवद्ध रुपमा आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड माधव समूहले आज प्रतिगमन बिरुद्ध जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । तीन चरणको विरोधसभा गरिसकेको सो समूहले चौथो चरण अन्तर्गत मानव साङ्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ ।

You might also like