ओली सरकारले सपना बाड्ने बाहेक विकासको नाममासिन्को सम्मभाँचेन ः महामन्त्रीकोइराला

बुटवल,२८ चैत
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली नेतृत्वको सरकारले चुनाव गराए सर्वनाशहुने बताउनु भएको छ । उहाँले काँग्रेसको नेतृत्वमाबन्ने सरकारले मात्रै चुनाव गराउनुपर्ने तर्क पेश गर्नु भयो ।
शनिबार रुपन्देहीको मायादेवीमा आयोजितकांग्रेसको आमसभातथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनगर्दै महामन्त्रीकोइरालाले ‘ओली नेतृत्वको सरकारले सपना बाड्ने बाहेक विकासको नाममासिन्को सम्मनभाँचेको बताउनु भयो ।
कांग्रेस नेतृत्वमा सरकार गठनको प्रयास भैरहेको भन्दै उहाँले कांग्रेस नेतृत्वमा तीनदलको सरकार बनाएर चुनावमाजानुपर्नेमाजोड दिनु भयो । नेपालीकांग्रेस संसदीयदलका प्रमुख सचेतकबालकृष्ण खाँणले केपीशर्मा ओलीमधेस र मधेसी जनताको बिरोधीभएको आरोप लगाउनु भयो ।

कार्यक्रममा संघीय सांसदतथासार्वजनिक लेखा समितिका सभापति भरत शाह,संघीय सांसद प्रमोद यादव,लुम्बिनीप्रदेश सभामाकांग्रेस संसदीयदलकाप्रमुख सचेतकफकरुद्यीनखाँन,प्रदेश सभा सदस्य अष्टभुजा पाठक,वसिउद्यीन खाँन,पुष्पाचौधरी,पूर्व राज्यमन्त्रीअब्दुल रज्जाक रुपन्देही पार्टी सचिव रामकृष्ण खाँण लगायतले काँग्रेस अब निर्णायकशक्तिका रुपमा नेपालीजनतामाँझआउने बताउनु भयो । सो अवसरमाअन्य पार्टी छाडेर १हजार ६ सयजना नेपालीकांग्रेसमाप्रवेश गरेको काँग्रेस पार्टीले जनाएको छ ।

You might also like