लुम्बिनी प्रदेश लोकसेवा आयोगद्धारा सातौ र आठौ तहका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान

बुटवल २८ असोज
लुम्बिनी प्रदेश लोक सेवा आयोगले पहिलोपटक सातौ र आठौ तहका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान आह्वान गरेको छ ।
प्रदेशका बिभिन्न कार्यालयहरुमा पदपूर्तीका लागि आयोगले दर्खास्त आह्वान गरेको हो । कर्मचारी पदपूर्तीका लागि पहिलोपटक दर्खास्त आह्वान गरेको आयोगले स्वास्थ्य सेवाका आठौ तहका ४९ , सातौ तहका ४७ जना कर्मचारीका लागि दर्खास्त माग गरेको छ ।
आयोगले स्वास्थ्य सेवा तर्फको आठौं तहका लागि ४९ जना र स्वास्थ्य सेवा कै सातौंतह तर्फ १५ जना र इन्जिनीयरिङतर्फ सातौ तहका ३२ जना कर्मचारीको लागि दर्खास्त आह्वान गरिएको आयोगका अध्यक्ष डिल्लाराम भट्रराईले बताउनु भयो । प्रदेश सरकारले माग गरे अनुसार खुल्ला र समावेशीका लागि कर्मचारीको दरर्खास्त माग गरेको र केही आन्तरिक बढुवावाट परिपूर्ति गरिने समेत अध्यक्ष भट्रराईले बताउनु भयो । स्वास्थ्य सेवाको सातौंतर्फ नर्सिङ ७, फिजियोथेरापिस्ट ३, मेडिकल ल्याब टेक्नोलोजिस्ट ५ पदका लागि दर्खास्त माग गरिएको छ । आयोगले इन्जिनीयरिङतर्फ ३२ जना सातौं तहका कर्मचारीका लागि दर्खास्त माग गरेको छ । इन्जिनियरतर्फ सिभिल हाइवे ६, सिभिल जनरल ४, विल्डीङ आर्किटेक इन्जिनीयर ९,जनरल मेकानिकल ४, ईरिकेशन इन्जिनियर ६,हाईडोपावर २,सेनेटरी १ पदमा कर्मचारी माग गरिएको आयोगका अध्यक्ष भट्रराईले बताउनु भयो । सिगल दस्तुरको लागि कर्मचारीका लागि कात्तिक १८ गतेसम्म दर्खास्त दिन सकिने आयोगद्धारा बुधबार प्रकाशित सूचनामा जनाइएको छ भने । दोब्बर दस्तुुर तिरेर कात्तिक २५ गतेसम्म दर्खास्त दिन सकिने सुचनामा उल्लेख छ ।

You might also like