बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना

बुटवल १ कार्तिक
रुपन्देहीको कञ्चन गांउपालिका १ रामनगरडांडामा रहेको मनकामना दुर्गा मन्दिरमा दुर्गाभगवतीको मूर्ति स्थापना गरिएको छ । बुटवलका ब्यबसायी रामकुमार रणपालको पहलमा केहिबर्ष अघि निर्माण गरिएको मन्दिरमा बडा दशैंको घटस्थापनाको अवसरमा दुर्गा भगवती माताको स्थायी मूर्ति स्थापना गरिएको छ ।
सो मूर्ति धर्तीमाता (बिष्णु कुवर)ले आफ्नै लगानीमा स्थापना गर्नुभएको हो । सो अबसरमा बोल्दै धर्तीमाताले संसारमा धर्मको रक्षा र शान्ति स्थापनाका लागि सबैले सत्कर्म गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्दिर स्थापना गर्ने बुटवलका ब्यबसायी रामकुमार रणपालले धर्मसंस्कृतिको रक्षा गरे मात्र मानव जीवनको रक्षा हुने बताउनुभयो । उहाले आफ्नो पहलमा शुरु भएको मन्दिरमा अहिले देश बिदेशबाट समेत दर्शनार्थीहरु आउन थालेको बताउनुभयो ।
लुम्बिनीमा आउने धार्मिक पर्यटकलाइ कंचनको रामनगर , बेलभरियामा ल्याउन सक्ने हो धार्मिक पर्यटनको रुपमा बिकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा कंचन वडा न १ का सदस्य खगेश्वर भुसालले सो क्षेत्रको बिकासका लागि आफुहरुले पहल गरिरहेको बताउनुभयो । कार्यक्रमअघि कंचनको बेलभरिया चोकबाट बाजागाजा ,भजनकृतन र नाचगानसहित शोभा कलस यात्रा समेत गरिएको थियो । कार्यक्रममा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।

You might also like