अवैध सुन बोकेको आरोपमा दाङमा दुई जना पक्राउ

दाङ,१५ मंसिर ।
अवैध सुन बोकेको आरोपमा प्रहरीले दाङको घोराईबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही घोराही उपमहानगरपालिका १० नारायणपुरका पूर्णजङ्ग सुनार र घोराही कपासीका खड्गप्रसाद सुनार रहेका छन् ।

अवैध सुन लिएर बजारमा हिँडिरहेको सुराकीका आधारमा उनीहरुलाई हिजो बेलुका बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुको साथबाट २ सय ७३ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

You might also like