केही नेताहरुको सत्ताउन्मादका कारण राजतन्त्र जुर्मुराउन थाल्यो ः गोकर्ण बिष्ट

गुल्मी,१५ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीका नेता पुर्वमन्त्री गोकर्ण बिष्टले देशको बागडोर सम्हालेका केही नेताहरुको सत्ताउन्मादका कारण राजतन्त्रवादीहरु जुर्मुराउन थालेको बताउनु भएको छ् ।

गुल्मीको धुर्कोट गाउँपालिकामा बन्न लागेको १५ शैयाको अस्पतालको शिलान्यास गर्दै नेता बिष्टले देशको बागडोर सम्हालेका केही नेताहरुको सत्ताउन्मादका कारण मशानघाटमा पुगेको राजतन्त्रवा अहिले जुर्मुराउन थालेको बताउनु भएको हुो ।

नेकपा भित्रको विवाद पनि केही नेताहरूको उन्मादका कारण सिर्जित भएको उहाँले बताउनुभयो ।

दलभित्रको खिचातानीको फाइदा उठाउदै धमिलो पानीमा माछा मार्ने शक्ति सल्बलाए पनि लाखौँ नेपाली जनताको बलिदानीबाट स्थापित गणतन्त्र नडगमगाउने उहाँको भनाइ थियो ।
उहाँले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादका बिरुद्ध भने जनताले सडकबाट खबरदारी गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सासद तथा नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थी र धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले सरकारले आज देशभरका ३ सय ९६ वटै स्थानीय तहमा अस्पताल शिलान्यास गरेको बताउनुभयो ।

You might also like