नेपालमा थप १४७५ जनामा कोरोना संक्रमण,१९३१ जना डिस्चार्ज

बुटवल,१५ मंसिर ।

नेपालमा सोमबार थप १ हजार ४ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख १४ हजार ५ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

हालसम्म ९१.९ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्कीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरस संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको छ ।

हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

You might also like