काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका खाँन चयन

बुटवल १८ कार्तिक
नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका फखरुद्दिन खाँनलाई चयन गरिएको छ । निर्वाचित प्रदेश सभा सदस्य रहनु भएका यस अघिका प्रदेशको प्रमुख सचेतक बाँकेका सुरेन्द्र हमालले जिल्लामा काम गर्न र पार्टीको काममा समय दिनका लागि टाईम नपुगेकोले सहमतीमै सचेतकको पद छाडेको बताउनु भयो ।
प्रदेशसभा सदस्य खाँनलाई काँंग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम यही कात्तिक १७ गते सोमवार देखि लागुहुने गरि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताउनु भयो । सचेतक हमालले शुरुदेखि नै टाईम दिन नसक्ने र समय अभाव देखाउदै सहमतीमा अरुलाई नै सचेतक बनाउन आग्रह गर्नु भएकाले उहाँको ठाउँमा खाँनलाई नियुक्त गरिएको संसदीय दलका नेता कनौडियाले बताउनु भयो । खाँन प्रदेश सभामा जुझारु जोस जागर भएका काम गर्न र समय दिने युवा एक्टीभ नेताका रुपमा रहेकाले सचचेतकमा नियुक्त गरेको नेता कनौडियाले बताउनु भयो । खाँन रुपन्देही क्षेत्र नम्बर ५(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

You might also like