लुम्बिनी प्रदेशमा थप १४७ जनामा कोरोना संक्रमण,३३३ डिस्चार्ज

 बुटवल,२० कार्तिक ।

लुम्बिनी प्रदेशमा बुधबार थप १ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ८४ पुरुष र ६३ महिला गरी १ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार लुम्बिनी प्रदेशको रुपन्देहीमा ९२ जना,बर्दीयाका २३ जना, बाँके जिल्लाका १८ जना,गुल्मीका ७ जना, नवलपरासी पश्चिम जिल्लाका ४ जना, दाङका २ जना र अर्घाखाँची जिल्लाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिए ।

यससँगै लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ३ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका ३ सय ३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।

प्रदेशमा हालसम्म १५ हजार ९ सय २५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएको र १ सय ८६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल प्रदेशभर ३ हजार १ सय १० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये २ हजार ७ सय ३८ जना होम आइसोलेसन र ३ सय ७० जना संस्थागत आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल ४८ जना कोरोना संक्रमित आइसियू र ४ जनाको भेन्टीलेटरमा राखेर उपचार भैहरेको छ ।

You might also like