पाल्पाको तानसेनमा थप एक कोरोना संक्रमितको मृत्यु

 

पाल्पा,२० कार्तिक ।
पाल्पाको तानसेनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिनाउ गाउँपालिकाका ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

उनको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक १८ गते अस्पताल भर्ना भएका उनको बुधबार स्वाब संकलन गरिएको थियो । बुधबारै मृत्यु भएका उनको बिहीबार रिपोर्ट आउँदा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनमा मधुमेह रोगको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

मृतकका आफन्तले भने अस्पतालले लापरबाही गरेकाले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई अस्पतालले सामान्य तरिकाले उपचार गरेको उनीहरूको भनाइ छ ।
यससँगै पाल्पामा कोरोना भाइरस संक्रमण भई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

 

You might also like