थप ३०५१ जनामा कोरोना संक्रमण‚ १८ जनाको मृत्यु

काठमाडौं,२० कार्तिक ।
नेपालमा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६८ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहीबार थप भएका संक्रमितमध्ये १ हजार ३ सय ९८ जना काठमाडौं उपत्यकाका हुन् ।

जसमध्ये काठमाडौंमा १ हजार ९१, ललितपुरमा १ सय ६० र भक्तपुरमा १ सय ४७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको आशंकामा हालसम्म १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर परीक्षण भएको छ ।

You might also like