श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

सल्यान,२० कार्तिक ।
श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीलाई सल्यान प्रहरीले प्रक्राउ गरेको छ ।ेकपुरकोट गाउँपालिका वडा नमबर ५ पाङराङ बस्ने ५४ वर्षको रामे कामीलाई हत्या गरेको अभियोगमा ४३ वर्षीया श्रीमती ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिचि रोटी पेल्ने पिर्काले टाउकोमा प्रहार गरी हत्या गरेको मृत्तकका बुवाले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
कुनै सन्तान नभएको र जग्ग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृत्तका बुवाले पर्से कामीले किटानी जाहेरीमा उल्लेख गरेका छन् ।
श्रीमती कामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रवक्ता लक्ष्मण ओलीले बताउनु भयो ।

You might also like