इन्जिनियर १० लाख घुससहित पक्राउ

 

हेटौंडा २० कार्तिक ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्रमा कार्यरत इन्जिनियर १० लाखघुस सहित पक्राउ परेका छन । नवौ तहका इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले नगद रकम सहित पक्राउ गरेको हो ।
हेटौंडाको बसपार्कमा रहेको एक होटलमा एक ठेकेदारसंग काम मिलाइने सर्तमा १० लाख रुपैयाँ लिइरहेको अवस्थामा अख्तियार टोलीले जैसवाललाई नियन्त्रणमा लिएको हेटौंडाको अख्तियारले जनाएको छ ।
हेटौंडा बर्दघाट बिद्युत प्रसारण आयोजनामा कार्यरत जैसवालका बिषयमा थप अनुसंधान जारी रहेको अख्तियार दुरुपयोग अनुसंधानको कार्यालय हेटौंडाले जनाएको छ ।

You might also like