दाङको लमहीका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु

नेपालगन्ज,२१ कार्तिक ।
दाङको लमहीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको छ ।

कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १४ गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएका लमही नगरपालिका १० का ६४ वर्षिय पुरुषको बिहीबार राती ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

मृतकलाई अक्सीजन, भेन्टिलेटर, एन्टिबायोटिक लगायत सबै प्रबिधिबाट उपचार गराउँदा पनि बचाउन नसकिएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यससँगै बाँकेमा उपचारकालागि बाहिरी जिल्लाबाट आएर मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

You might also like