टिपर भिरबाट खस्दा नवलपरासीमा दुई जनाको मृत्यु
नवलपरासी,२१ कार्तिक ।
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा भिरबाट टिपर खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक बाराको सिमराका ४२ वर्षीय रामहरी थापा र सहचालक ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् ।
उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी विशाल तामाङले बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिका ३ को भुटुकेडाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङ्शी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर बिहीबार बेलुका भिरबाट खसेको हो ।
टिपर सडकबाट झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।