थप २९०९ जनामा कोरोना संक्रमण, ४५०० डिस्चार्ज

बुटवल,२१ कार्तिक ।
नेपालमा शुक्रबार थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ७६ पुरुष र १ हजार १ हजार ३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएर घर फर्कीएका छन् । नेपालमा हालसम्म १ लाख ५२ हजार ९ सय ८ जना निको भएर घर फर्कीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार पुष्टि भएका कोरोना संक्रमित मध्ये १ हजार ३ सय ३८ जना काठमाण्डौं उपत्यकाका रहेका छन् ।
जसमध्ये काठमाडौं जिल्लाका १ हजार ३०, ललितपुरमा १ सय ८७ जना र भक्तपुरका १ सय २१ रहेका छन् ।
मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३४३ परीक्षणहरु भएको छ ।

You might also like