अरु बजेट कटौती गरेर कोरोना उपचार गर्नु :संसदीय समिति

 

काठमाडौं,२१ कार्तिक ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिड–१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले शुक्रबार भर्चुअल माध्यमबाट बैठक बसी अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो ।

निजी अस्पतालमा कोरोना संक्रमितको कति खर्चमा उपचार भइरहेको छ भन्ने अनुगमन गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।
समितिले सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न समेत निर्देशन दिएको छ ।
कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा र भत्ताको विषयमा सरकारलाई गम्भीर बन्न र तोकेको भत्ता बेलैमा दिन पनि समितिले निर्देशन दिएको छ ।
(((((((

You might also like