बाँकेमा १० केजी अफिमसहित एक जना पक्राउ

 


नेपालगन्ज,२१ कार्तिक ।
१० केजी अफिमसहित बाँकेमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र नेपालगन्जबाट खटिएको संयुक्त टोलीले बाँकेबाट अफिमसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिका–२ बस्ने २७ वर्षीय तिलकबहादुर शाही रहेका छन् ।
शाहीलाई बाँकेको खजुरा गाउँपालिका–८ रनियारबाट बिहीबार बेलुका
शंकास्पद अवस्थामा खानतलासी गर्दा उनले बोकेको झोलामा १० किलो ४ सय ग्राम अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शाहीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

You might also like