रुपन्देहीको रोहिणीका बिद्यालय खुल्ला गर्ने गाउपालिकाको निर्णय

णय
बुटवल २१ कार्तिक
रोहिणी गाउँपालिकाले आईतबार देखी गाउँपालिकाका सबै बिद्यालय खुल्ला गर्न निर्देशन दिएको छ ।
गाउँ शिक्षा समिति रोहिणीको कार्तिक २० गते बसेको बैठकले बिद्यालयमा आवश्यक सर्तकता अपनाउदै २३ गते देखी बिद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
बैठकले कोभिडको कारण अहिले सम्म प्रभावित रहेको पठन पाठन कार्य अभिभावकको सहमतिमा सुरक्षा मापदण्ड अपनाई सञ्चालनमा ल्याउन लागेको जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख आर मोहम्मख खाँले प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलापको अभावमा शैक्षिक सत्र नै प्रभावित भै रहेको अवश्थामा अब सावधानी अपनाउदै बिद्यालय सञ्चालनको विकल्प नरहेको बताउनु भयो ।
बिद्यालयमा अभिभावकले आ–आफ्ना बालबालिकालाई अनिवार्य रुपमा माक्स लगाएर बिद्यालय पठाउनु पर्ने शिक्षा शाखा प्रमुख खाँले बताउनु भयो । माक्स नलगाई आएमा वा स्वास्थ्यमा समस्या देखिएमा त्यस्ता शिक्षक र बिद्यार्थीलाई बिद्यालयमा हातामा प्रवेश नदिईने उनले बताउनु भयो । यस्तै बिद्यालयमा पनि एउटै बेन्चमा २ जना मात्र बिद्यार्थी राखी सामाजिक दुरी कायम गरि अध्ययन अध्यापन गराउनु पर्नेछ । बिद्यार्थीहरुको चाप हेरी सिफ्ट बनाई कक्षा सञ्चालन गरिने खाँे जानकारी दिनु भयो ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यसरी अध्यापन गराउदा बैकल्पिक प्रणालीबाट बिद्यार्थीको सिकाई निर्देशिका २०७७ अनुसार नयाँ पाठ्यक्रमको आधारमा कक्षा सञ्चालन गरिने जनाउनु भयो । उहाँले पहिलो पटक गाउँपालिकाले बिद्यालयमा सेनेटाइजरको ब्यवस्था गर्ने र त्यस पछि बिद्यालय आफैले सोको ब्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।
रोहिणी गाउँपालिकामा १५ वटा सामुदायिक बिद्यालय, ११ वटा संस्थागत बिद्यालय र १२ वटा धार्मिक मदरसाहरु सञ्चालनमा रहेको जानकारी दिनु भयो ।

You might also like