बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु
बुटवल,२२ कार्तिक ।
बुटवलमा शनिबार बिहानै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं २ की ७० बर्षिय महिला र रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नं १० का ५० बर्षिय पुरुष रहेका छन् ।
उनिहरुको बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ५.३० बजे मृत्यु भएको हो ।
यही कार्तिक १७ गते अस्पताल भर्ना भएकी महिलामा निमानियाको समसया समेत देखिएको अस्पतालले जनाएको छ ।
कार्तिक १४ गते अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुष मुटु रोग र डिप्रेसनको औषधि सेवन गर्दै आएको अस्पतालले जनाएको छ ।