दाङका थप एक कोरोना संक्रमितको बाँकेमा मृत्यु
बुटवल,२२ कार्तिक ।
दाङका थप एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो ।
कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कार्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएका थिए ।
उनको उपचारका क्रममा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पताल आउनुअघि उनको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो ।