थप २ हजार ७५३ जनामा कोरोना संक्रमण, २ हजार २०६ डिस्चार्ज

 

बुटवल,२२ कार्तिक ।

नेपालमा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४ सय २३ नमुना परीक्षण गर्दा १ हजार ७७ महिला र १ हजार ६ सय ७६ पुरुष गरी २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । उनहिरुमध्ये एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म १ लाख ५५ हजार १ सय १४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

 

हाल देशभर ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २८ हजार ९ सय २० होम आइसोलेसनमा छन् भने ३६५ जनाको भेन्लिटेलर र ७६ जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

शनिबार संक्रमण पुष्टि भएका मध्ये १ हजार ५ सय १२ जना काठमाडौं उपत्यकाका हुन् ।

जसमध्ये काठमाडौका १ हजार २ सय ९४ जना, ललितपुरका १ सय ४१ र भक्तपुरका ७७ जना रहेका छन् ।

You might also like