७५ हजार घूससहित नुवाकोटमा इन्जिनियर र होटल व्यवसायी पक्राउ

 

नुवाकोट, २२ कार्तिक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र होटल व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भइ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्ट रहेका छन् ।

उनिहरुलाई ७५ हजार नगद रकम सहित अख्तियारले पक्राउ गरेको हो ।

विदुर नगरपालिका–२ स्थित सागर मिठाई पसलमा चिया पिउँदै रकमको काराबार गर्न लाग्दा आयोगबाट खटिएका टोलीले शनिबार पक्राउ गरेको हो । बेलकोटगढी नगरपालिका–८ मा भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि इन्जिनियर पौडेलले लाभग्राहीबाट रकम माग गरेका थिए । लाभग्राही सूचीमा पार्नका लागि होटल सञ्चालक भट्टमार्फत रकम लिन भनेका थिए ।शनिबार बिहान होटल व्यवसायीले सागर मिठाई पसलमा चिया पिउने क्रममा रकम दिन लाग्दा आयोगका टोलीले रंगेहात पक्राउ परेको जनाएको छ ।

यसअघि सोही नगरपालिकामा कार्यरत सबइन्जिनियर तथा निजामती कर्मचारी संगठन नुवाकोटका अध्यक्ष रहेका बद्री भण्डारी पक्राउ परेका थिए ।

You might also like