बाँकेको कोहलपुरमा पनि लाग्यो राजा आउँ देश बचाँउको नारा, संघीयता खारेजीको माग

 

नेपालगन्ज,२२ कार्तिक ।
संघीय गणतन्त्रको खारेजी र राजतन्त्र सहितको हिन्दु राष्ट्र स्थापनाको माग गर्दै राजावादीहरुले बाँकेको कोहलपुरमा पनि प्रदर्शन गरेका छन् ।

स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले शनिवार कोहलपुरमा गणतन्त्रबिरुद्ध प्रदर्शन गरेका हुन् ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा गणतन्त्र बिरोधी प्रदर्शन गरेको एक हप्ता नबित्दै लुम्बिनी प्रदेशकै अर्को शहर कोहलपूरमा राजावादीहरुले प्रदर्शन गरेका हुन् ।

कोहलपुरको मुख्य सडकमा भएको प्रदर्शनमा सहभागिहरुले राजा आउँ देश बचाँउ, गणतन्त्र धोका हो भन्दै संघीयता र धर्म निरेपक्षताबिरुद्ध नारावाजी गरेको थिए ।

प्रदर्शनमा सहभागिहरुले २०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको माग पनि गरेका थिए ।

राजासहितको हिन्दु राज्यका लागि देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत कोहलपुरमा पनि प्रदर्शन र्याली गरिएको राष्ट्रवादी अभियानले जनाएको छ ।

प्रदर्शनकारीहरुले कोहलपुर चौराहमा पुगेर कोणसभामा समेत गरेका थिए ।

You might also like