खुकुरी देखाई सुन र नगद लुटेको अभियोगमा २ जना पक्राउ

पाल्पा,२२ कार्तिक ।
घरेलु हतियार खुकुरी देखाई सुन र नगद लुटेको अभियोगमा पूर्बी पाल्पाको रामपूरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका–८ ढकाल चौपारी निवासी पिडित मनकुमारीकी बुहारी राममाया श्रेष्ठ र पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका–३ घर भई हाल रामपुर नगरपालिका ५ बस्ने ३० वर्षीय माधव पंगेनी रहेका छन् ।

उनिहरुले जिल्लाको रामपुर नगरपालिका–८ ढकाल चौपारीकी मनकुमारी श्रेष्ठको नगद र सुनका गरगहना चोरी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।

कार्तिक १८ गते राति साढे एक बजेको समयमा उनीहरूले खुकुरी देखाइ मार्ने धम्की दिँदै बाकस र दराजमा रहेको नगद ३ लाख ५८ हजार रुपैयाँ र साढे ९ तोला सुनका विभिन्न गरगहना लुटेर लुटेर भागेको प्रहरीले जनाएको छ ।

खोजतलासका क्रममा उनीहरूले लुकाई छिपाइ राखेको अवस्थामा नगद र सुनका गहना बरामद भएको प्रहरी नायब उपरिक्षक गिरीले बताए । उनीहरूविरुद्ध डाका चोरीसम्बन्धी मुद्धा दर्ता गरी आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like