नेपालमा ८१ प्रतिशत कोरोना संक्रमित निको भए

काठमाण्डौ,२३ कार्तिक ।
नेपालमा कोरोना संक्रमित हुनेको दर ८१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म एक लाख ५५ हजार एक सय १४ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

गएको २४ घण्टामा १० हजार ४ सय २३ नमूना परीक्षणमा एक हजार ६ सय ७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७ सय ५३ संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख््या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ८ सय ८७ पुरुष र ६ सय २५ महिलासहित एक हजार ५ सय १२ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार प्रदेश १ मा ४ सय ९४, प्रदेश २ मा ७७, वाग्मती प्रदेशमा एक हजार ६ सय ९९, गण्डकीमा १ सय ३७, लुम्बिनीमा २ सय १८, कर्णालीमा २५ र सुदूरपश्चिममा एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये तीनसय ६५ को आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको भएको छ । नेपालमा हालसम्म एक हजार ८७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

You might also like