चिकित्सक सहित १७ जनामा लक्षण सहितको कोरोना देखिएपछि अर्घाखाँची अस्पताल बन्द

अर्घाखाँची,२३ कार्तिक ।
७ जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ ।

अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरी १७ जनामा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि प्रसूति र अत्यावस्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

उपचारमा अहोरात्र खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

You might also like