अमेरिकामा डोनाल्ड ट्रम्पले हार्दा नेकपा मसालमा खुशीयाली

काठमाडौं २३ कात्तिक
नेकपा मसालले अमेरिकाको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएकोमा खुशीयाली भएको जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति जारी गरी ट्रम्पको पराजयमा प्रसन्नता व्यक्त गर्नु भएको छ् ।
‘ट्रम्पले फासिवादी प्रकारको कार्यशैली अपनाएको पृष्ठभूमिमा उहाँको पराजय स्वागतयोग्य कुरा भएको उल्लेख गर्नु भएको छ । त्यस्तो फासिष्ट शासकलाई हटाउन महत्वपूर्ण भूमिका खेलेकोमा अमेरिकी जनतालाई धन्यवाद दिन्छा समेत सिंह दिनु भएको छ ।
अमेरिकामा जोसुकै राष्ट्रपति भएपनि त्यहाँको साम्राज्यवादी नीतिमा परिवर्तन नआउने भन्दै मसालले अमेरिकाप्रतिको आफूहरुको नीतिमा परिवर्तन नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएकोे छ ।

You might also like