रुपन्देहीमा थप ४९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६ हजार ८५० पुग्यो

बुटवल,२३ कार्तिक ।
रुपन्देहीमा शनिबार थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २७ पुरुष र २२ महिला गरी ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिmबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका १४ जना, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकाका १२÷१२ जना, तिलोत्तमा नगरपालिकाका ५ जना,रोहीणी गाउपालिका र सुद्धोधन गाउपालिका २÷२ जना,तथा ,सैनामैना नगरपालिका र ओमसतिया गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ८ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय २७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।

जिल्लामा हालसम्म ५ हजार ४ सय १६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा १ हजार ३ सय ४९ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

You might also like