रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएको ३ घण्टामै एक संक्रमितको मृत्यु
बुटवल,२३ कार्तिक ।
रुपन्देहीमा एक कोरोना संक्रमितको संक्रमण पुष्टि भएको ३ घण्टामै मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका –१ का ५५ वर्षीय पुरुष रहेका छन् ।
उनको बुटवल स्थित धागो कारखानामा सञ्चालित कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
आइतबार बिहान साढे १० बजे कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार थालिएको तीन घण्टापछि आइतबार दिउँसो साढे १ बजे उनको मृत्यु भएको प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी उच्च रक्त चापसम्बन्धी रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।