थप २८१७ जनामा कोरोना संक्रमण, २८१२ डिस्चार्ज

बुटवल,२३ कार्तिक ।
नेपालमा आइतबार थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म १ लाख ५७ हजार ९ सय २६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्कीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८ पुगेको छ ।
हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन् ।

आइतबार पुष्टि भएका संक्रमितमध्ये १ हजार ५ सय ३३ जना काठमाडौं उपत्यकाका हुन् ।
जसमध्ये काठमाडौं जिल्लाका १ हजार २ सय ९४,ललितपुरका १ सय ६२ जना र भक्तपुरका ७७ जना रहेका छन् ।

You might also like