मंसिर २७ गतेदेखि आन्दोलनमा उत्रने उखु किसानको चेतावनी

 

काठमाडौं,२३ कार्तिक ।
उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएकोले आन्दोलनमा जानुको विकल्प नभएको उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए ।

सरकारले किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई संरक्षण गरेको भन्दै रायले वर्षैसाल आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टले बन्द भएका उद्यागको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता दोहो¥याए । किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने भन्दै उनले जसरी पनि समस्या समाधान गरिने बताए ।

उनले न्याय दिलाउने भन्दै कृषकहरुलाई आन्दोलन नगर्न आग्रह गरे ।

You might also like