रुपन्देहीको तिलोत्तमामा देउसी भैलो खेल्न नपाइने

बुटवल,२४ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यसवर्ष देउसी भैलो खेल्न नपाइने भएको छ ।

कोरोना भाइरस संक्रमणणको जोखिमलाई मध्यनजर गरी नगरपालिकाले नगर क्षेत्रभित्र देउसी भैलो नखेल्न आग्रह गरेको हो ।

तिलोत्तमा नगरपालिकाले आइतबार एक सूचना जारी गरी नगर क्षेत्रभित्र कोरोना भाइरस संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिएकाले दिपावलीको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम नगर्न र नगराउन नगरवासीलाई सचेत गराएको हो ।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि तिहारमा देउसीभैलो नखेल्न जानकारी गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी दिए ।

पटकाजन्य वस्तु समेत नपड्काउन नगरपालिकाले नगरबासीहरुलाई आग्रह गरेको छ ।

You might also like