बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

 

 

बुटवल,२४ कार्तिक ।
बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष रहेका छन् ।
उनको बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेको डा. गौतमले बताए ।

यससँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

You might also like