नेपालमा थप २५ सय ७१ कोरोना संक्रमण, १७ सय ९८ डिस्चार्ज
बुटवल,२४ कार्तिक ।
नेपालमा सोमबार थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ९८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म १ लाख ५९ हजार ७ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।
हाल देशभर ३६ हजार १ सय ७४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट १५ लाख ५१ हजार २ सय ५४ परीक्षण भएको छ ।
देशभर हाल ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।