थप २७३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नजिक

 

बुटवल,२५ कार्तिक ।
नेपालमा मंगलबार थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुष गरी २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७ सय ६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये १ हजार १ सय ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र नेपालमा थप ८ सय ५३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म १ लाख ६० हजार ५ सय ७७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।

हाल देशभर ३८ हजार ३५ संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये २९ हजार ७ सय ३४ जना होम आइसोलेसनमा छन् भने ४ सय ४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंका १ हजार १ हजार ४१, ललितपुरका १ सय ९३ र भक्तपुरका ८६ जना छन् ।

यस्तै चितवनका १६८, काभ्रेका १०१, कास्कीका ९४, झापाका ९३, रुपन्देहीका ८८, सुनसरीका ७८, कैलालीका ५४, मोरङका ४७, दाङका ४५, नवलपुरका ४१, बर्दियाका ३१, गुल्मीका २७, दोलखाका २४, नुवाकोट, पाल्पा र बाँकेका २२÷२२ जना, गोरखाका २१, सिन्धुपाल्चोक र स्याङजाका २०÷२० जना, बाराका १९, कञ्चनपुरका १८, धनुषा र सप्तरीका १६÷१६ जना, नवलपरासीका १५, सिराहाका १४, महोत्तरीका १३, मकवानपुरका १२ तथा धनकुटा, सर्लाही, कपिलवस्तुका ११÷११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रोल्पा र बझाङका १०÷१० जना, सिन्धुलीका ९, लमजुङ र बाग्लुङका ८÷८ जना, तनहुँका ७, धादिङ, रामेछाप र पर्वतका ६र६ जना, उदयपुर, ओखलढुंगा, पर्सा र दैलेखका ५÷५ जना, रौतहट, म्याग्दी, अर्घाखाँची, प्युठान, सुर्खेत र डडेलधुरााकका ४÷४ जना, खोटाङ, पाँचथर, भोजपुर, अछाम, दार्चुला र बैतडीका ३÷३ जना, इलाम, तेह्रथुम र सल्यानका २÷२ जना तथा ताप्लेजुङ, रुकुम पूर्व, हुम्ला र डोटीका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

You might also like