निजामती सेवातर्फ विभिन्न तीनसय प्राविधिक पदका लागि आवेदन माग
काठमाण्डौ,२६ कार्तिक ।
लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न तीनसय प्राविधिक पदका लागि आवेदन माग गरेको छ ।
विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशन गरेको हो ।
आयोगले ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्ती गर्नेगरी विज्ञापन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं, आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो ।