दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई आईपीएल २०२० को विजेता बन्न सफल
काठमाण्डौ,२६ कार्तिक ।
दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई आईपीएल २०२० को विजेता बनेको छ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदै मुम्बई इण्डियन्स आईपीएल २०२० को विजेता बन्न सफल भएको हो ।
दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको थियो ।
मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।
बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए ।
बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।
आईपीएलमा मुम्बईको योपाँचौँ उपाधि हो ।