बिहारमा फेरि एनडीए गठबन्धनको सरकार बन्ने सम्भावना बलियो
काठमाण्डौ,२६ कार्तिक ।
भारतको बिहार राज्यमा फेरि एकपटक जनता दल युनाइटेड (एनडीए) को सरकार बन्ने निश्चित भएको छ ।
२ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २५ सिट जितिसकेको छ ।
बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन ९एनडीए० को सरकार बन्ने पक्का भएको हो ।
भाजपाले मात्रै ७४ सिट जितेको छ ।
एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने जेडीयूले ४३ सिटमा जितेको छ । महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल ७५ सिटमा विजयी भएको छ ।