बुटवलका ३२ सहित रुपन्देहीका थप ८३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ हजार १०७ पुग्यो

बुटवल,२६ कार्तिक ।
बुटवलका ३२ सहित मंगलबार रुपन्देहीका ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीका ५४ पुरुष र २९ महिला गरी ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ३२ जना,सिद्धार्थनगर नगरपालिकाका १३ जना,तिलोत्तमा नगरपालिकाका १० जना,सैनामैना नगरपालिकाका ९ जना,सुद्धोधन गाउपालिकाका ८ जना,देवदह नगरपालिकाका ३ जना,कञ्चन गाउपालिका,सियारी गाउपालिका र होहिणी गाउपालिकाका २÷२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७ पुगेको छ ।

संक्रमितमध्ये ५ हजार ६ सय ११ जना निको भएर घर फर्कीएका छन् भने ८३ जनाको मृत्यु भएको छ ।

जिल्लामा हाल १ हजार ४ सय १३ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

You might also like