ट्रकको ठक्करबाट दाङमा ३ जनाको मृत्यु
दाङ, २६ कार्तिक ।
ट्रकको ठक्करबाट दाङको मौरीघाटमा ३ जनाको मृत्यु भएको छ ।
देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको हो ।
गएराति ८ बजेतिर ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।