सात महिनापछि काठमाडौ छाडनु भएका प्रधानमन्त्री ओलीले अरुण तेस्रो जलविद्युत आयोजना निरिक्षण गर्नु भयो

काठमाडौं २६ कार्तिक
केही आयोजनाको निरीक्षण तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी पहाडी जिल्ला संखुवासभा पुग्नु भएकोे छ । गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि काठमाडौं बाहिर ननिस्किनु भएका प्रधानमन्त्री ओली बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराउनु भएको थियोे ।
सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घघाटन गर्नु भएको थियो ।
प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे जानकारी लिनुका साथै किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गर्नु भएको छ । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका छन् ।

 

 

You might also like