नेपालमा थप २ हजार ५६९ जनामा संक्रमण,कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं,२६ कार्तिक ।
नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६ सय ६६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।
यससँगै नेपालमा १ लाख ६२ हजार २ सय ४३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ११ सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ३८ हजार ९ सय १२ संक्रिय संक्रमित रहेका छन् ।

You might also like